दफा ४४
हातपात वा धम्की सम्बन्धी कसुर
देहायको कुनै कार्य गरेमा हातपात वा धम्की सम्बन्धी कसुर गरेको मानिनेछ ः-
(क) आफूभन्दामाथिको अधिकृतलाई धम्की दिएमा,
(ख) आफूभन्दामाथिको अधिकृतलाई हातपात गरेमा वा निज उपर आपराधिक बल प्रयोग गरेमा,
(ग) आफूभन्दामाथिको अधिकृतको मर्यादा नराखी होच्याई बोलेमा वा निजलाई अपमानजनक व्यवहार गरेमा ।